‘कहोना प्यार है’ का लेखक तथा फिल्म निर्देशक सरहदीको निधन
मुम्बई । बलिउड फिल्म उद्योगका चर्चित लेखक तथा निर्देशक सागर सरहदीको निधन भएको छ । २२ मार्च अर्थात आज सोमबार बिहान उनको निधन भएको बलिउड मिडियाले जनाएका छन् । ८८ वर्षका सरहदीको हृदयघातका कारणले निधन भएको हो । हालै हृदयघातका कारण उनलाई मुम्बईको एक अस्पतालको आइसीयु वार्डमा भर्ना गरिएको थियो । यस अगाडि २०१८ मा पनि उनलाई हृदयघातको समस्यामा यसै अस्पतालमा राखिएको थियो ।
सरहदीको निधनको खबरले बलिउड फेरि शोकमा डुबेको छ । विभिन्न स्टार्सले ट्वीटमार्फत उनको आत्माको शान्तिको कामना गरिरहेका छन् । फिल्म मेकर अशोक पण्डितले सरहदीको निधन फिल्म उद्योेगका लागि ठुलै नोक्सान रहेको बताएका छन् ।
लामो फिल्मी करियरमा सागर सरहदीले ‘नूरी’, ‘बाजार’, ‘कभी कभी’, ‘सिलसिला’, ‘चाँदनी’, ‘दिवाना’, ‘कहोना प्यार है’ जस्ता सफल फिल्मको स्क्रिप्ट लेखका छन् । उनले स्मिता पाटिल, फारुख शेख र असीरुद्दीन शाहको मुख्य भूमिका रहेको फिल्म ‘बजार’ को निर्देशन गरेका थिए । उनले फिल्मको अलवा नाटक पनि लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते