शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान
सोमबार, ०९ चैत २०७७, १२ : ०६
शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।
सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ ।
इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए ।
निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर
-
लाल सागरमा तेल ट्याङ्करमा मिसाइल आक्रमण
-
पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न
-
ललितपुर मेयर कप : लगातार चौथो पटक एपीएफ च्याम्पियन
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल