बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनमा जासुसी गर्न टेस्ला कार प्रयोग गरिएको आरोपबारे के भन्छन् एलन मस्क ?

सोमबार, ०९ चैत २०७७, ११ : ०८
सोमबार, ०९ चैत २०७७

अमेरिकाको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कले यदि उनका गाडीको प्रयोग चीनमा जासुसीका लागि प्रयोग गरिएको छ भने उनी आफ्नो कम्पनी बन्द गर्न तयार भएको बताएका छन् ।

एलन मस्कले यो बयान ती रिपोर्टको जवाफमा दिएका छन् जसमा चीनियाँ सेनाले आफ्नो क्षेत्रमा टेस्ला कारको प्रयोगमाथि प्रतिबन्ध लगाइदिएको बताइएको थियो ।

चीनियाँ सेनाले सुरक्षाको विषयमा टिप्पणी गर्दै टेस्ला कारमा राखिएको क्यामेराले कतै गोप्य रुपमा डाटा संकलन त गर्दैन भन्दै चिन्ता व्यक्त गरेका थिए ।

इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका लागि अमेरिका पछि चीन नै सबैभन्दा ठूलो बजार हो ।

चीनमा टेस्लाबारे सुरु भएको यस्तो प्रकारको चर्चामाथि टिप्पणी गर्नका लागि एलन मस्ब बाध्य हुनुपर्यो ।

अमेरिकी कम्पनीको उपस्थितिः

उनले भने, ‘व्यापार गर्ने बेला यदि कुनै कम्पनी विदेशी जमिनमा जासुुसीजस्तो काममा संलग्न भएको पाइयो भने कम्पनीका लागि यसको नकारात्मक प्रभाव असाध्यै खराब हुनेछ ।’

चिनियाँ व्यापारीको एउटा कार्यक्रममा बोल्दै एलनले सो कुरा भनेका हुन् ।

उनले भने, ‘जानकारीलाई हामीले जति सजायर राख्न सक्छौं त्यसको फाइदा त्यति नै पाउँछौं । र यदि हाम्रा कारले चीन वा कुनै अन्य देशमा जासुसी गरिरहेको पाइए हामीले कम्पनीलाई बन्द गर्नुपर्नेछ ।’

लामो समयलेखि चीनमा काम गरिरहेका ठूला अमेरिकी कम्पनीको उपस्थितिको विषयमा खिँचातानी जारी छ ।

सबैभन्दा ठूलो अर्थव्यवस्थाः

चीन र अमेरिका, दुनियाका दुई सबैभन्दा ठूलो अर्थव्यवस्था हुन् र हालको समयमा दुबै देशको सम्बन्ध अहिलेसम्म सबैभन्दा तनावपूर्ण परिस्थितिमा छ ।

यसै हप्ता दुई देशका वरिष्ठ अधिकारीबीच एक उच्च स्तरीय वार्ता भएको थियो जसमा दुई पक्षबीच निकै नोकझोंक भयो । बाइडेन राष्ट्रपति भएपछि अमेरिका र चीनबीचको यो पहिलो उच्च स्तरीय वार्ता थियो ।

एलन मस्कले उत्कृष्ट सुधारोन्मुख परिस्थितिका लागि दुई देशबीच अधिक पारस्परिक विश्वास पैदा गर्नका लागि आग्रह गरे ।

टेस्ला एक अमेरिकी कम्पनी हो जसको मुख्यालय क्यालिफोर्नियामा छ ।

अघिल्लो वर्ष पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटक प्रतिबन्ध गर्ने धम्की दिएका थिए । उनका अनुसार कम्पनीले अमेरिकी नागरिकको डाटा चीनको सरकारलाई दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप