नाचघरमा बुद्ध थिएटर फेस्टिभल सुरु
काठमाडौँ । भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्य सहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल आयोजना भएको छ । आइतबार संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभल औपचारिक उद्घाटन सहित सुरु भएको फेस्टिभल शनिबारसम्म चल्नेछ ।
‘गतवर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी गरिएको थियो । कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल हुनसकेन’ फेस्टिभलका निर्देशक पुस्कर गुरुङले भने ‘यसवर्ष बुद्ध सम्बन्धी बनेका नाटकहरू खोज्यौँ । हामीले पाँच वटा नाटक पायौँ र फेस्टिभलको आयोजना गर्न तम्सियौँ ।’
उद्घाटनसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो । डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर आयोजना गरेको फेस्टिभल शनिबारसम्म हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ ।
फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा दानी करमाकर निर्देशित ‘तथागत’ देखाइयो । महामारीका कारण कलाकारको टोली आउन नसकेपछि खिचेर पठाएको नाटक देखाइएको थियो ।
सोमबार फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’ मञ्चन हुनेछ । यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको उत्तरको खोजीमा उनले गरेको मानसिक संघर्षलाई प्रस्तुत गर्नेछ । नाटकले सिद्धार्थले बुद्ध बन्न गृहत्याग गर्नुअघिको प्रसंगलाई समेटेको छ । १ घन्टा अवधिको नाटकको कथा प्रेमविनोद नन्दनले लेखेका हुन् । नाटकमा सुचिता उप्रेती, तुफान थापा, अस्मिता खनाल, देबिशा लामिछाने, अभिषेक शर्मा आदि कलाकारको अभिनय रहनेछ ।
मंगलबार भने झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रवीन्द्रनाथ टैगोर लिखित नाटक ‘मालिनी’ मञ्चन हुनेछ । फेस्टिभलको अन्य दिन पनि नाटक र बिभिन्न कार्यक्रम रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी