भक्तपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते
सोमबार, ०९ चैत २०७७, १० : ४९
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका –५ सिर्जनानगरमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् ।
आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर विष्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) दिपक गिरीले रातोपाटीलाई बताए ।
विष्फोटबाट होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ वर्षीय टिकाराम बस्नेत, ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
झापा घर भएका १९ वर्षीय आदित्य सुवेदी, सुर्यविनायक–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा सामान्य घाइते छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी