सुदूरपश्चिम प्रदेशसभा बैठकः दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापनसम्बन्धी विधेयक पारित
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७’ पारित भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले बैठकमा उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गरेकी थिइन् । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य पूर्णा जोशी, महेश दत्त जोशी र श्यामलाल राना थारूले भाग लिएका थिए ।
प्रदेशसभाको सामाजिक विकास समितिमा विधेयकमाथि दफावार छलफल गरिएको थियो । बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ‘दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ टेबुल गरे । निर्वाचन आयोगको पत्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुद्दामा सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग पार्टी भएको भन्ने व्यहोरेको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको प्रदेशसभाका सचिव रामसिंह धामीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु