सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अभिनेत्री मौसमी मल्ललाई मातृशोक, आफैले दिइन दागबत्ती

आइतबार, ०८ चैत २०७७, २१ : ४०
आइतबार, ०८ चैत २०७७

काठमाडौ । अभिनेत्री मौसमी मल्ललाई मातृ शोक परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा निधन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे निधन भएको हो ।

आइतबार दिउँसो पिठुवा आर्यघाटमा गरिएको अन्तेष्टिमा आमालाई अभिनेत्री मल्ल आफैले दागबत्ती दिएको नृत्य निर्देशक गोविन्द राईले जानकारी दिए । अभिनेत्री मल्ल भद्र कुमारीकी एक मात्र सन्तान हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप