बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो कोरोना संक्रमण दर, सभा र जुलुस नगर्न सरकारको आह्वान

आइतबार, ०८ चैत २०७७, १८ : १५
आइतबार, ०८ चैत २०७७

काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप