राष्ट्रिय अखण्डताको पक्षमा दह्रोसँग उभिने नेतृत्व चाहिएको छ: टोपबहादुर रायमाझी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन् । आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताएका हुन् । आर्थिक समृद्धिमा टेवा पुर्याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भीक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रीत भइरहेको उनको भनाई छ ।
उनले भने– ‘हिजो हामीहरू राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी लडिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ । तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तर पनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरू, ती धङधङीहरु अहिले पनि देखा पर्छन् । केही समय रहन्छन् अझै ।
हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउनसक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’
मन्त्री रायमाझीले नेपालको कृषिलाई सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताए । कृषिलाई ब्यक्तिवादी र निर्वाहमुखि चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकरण र व्यवसायीकरणमा लैजानुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती