काभ्रेमा भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो
आइतबार, ०८ चैत २०७७, १६ : ३२
काठमाडौं । नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ । शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर मृत्यु भएको थियो । नारायणस्थान मन्दिरको पश्चिमतर्फ खसेका रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन् ।
चुनौतिपूर्ण ठाउँबाट २५ वर्षीय रिजाल करिब १ हजार मिटर तल खसेका थिए । सेनाको टोलीले कठिन र चुनौतिपूर्ण ठाउँबाट शव निकालेर प्रहरीलाई बुझाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेष्ट अस्पताललाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना
-
भलिबललाई जीवन बनाएकी संगीता
-
१५ दिनदेखि शिक्षकहरू सडकमा, सबैलाई आन्दोलनमा सहभागी हुन उर्दी (तस्बिरहरू)
-
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
-
नेपालको लगातार तेस्रो जित, १३ औँ ओभरमै हङकङलाई हरायो
-
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह