बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बढेको बजारमा यी पाँच लघुवित्तको सेयरले सबैभन्दा बढी कमाए, कसको कति पुग्यो मूल्य ?

आइतबार, ०८ चैत २०७७, १६ : १४
आइतबार, ०८ चैत २०७७

काठमाडौं । सेयर बजारमा ६३.३८ अंकको बृद्धि  भएको छ । बढेको बजारमा अधिकांश लघुवित्त कम्पनीको बर्चस्व छ । तीनवटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसमध्ये मिथिला लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १ हजार सात सय  ३८ रुपैयाँ पुगेको छ । 

यता सूर्योदय लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ९ सय ६९ रुपैयाँ पुगेको छ  । 

स्वरोजगार लघुवित्त बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । यसको सेयर मूल्य १ हजार २ सय ८७ रुपैयाँ पुगेको छ ।  यस्तै सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १ हजार २ सय ९९ रुपैयाँ छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । यस्तै समिट लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य ९.९८ प्रतिशतले बढेर १ हजार ३ सय ३४ पुगेको छ ।  सेयर बजारमा आज कुल ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप