नेपालमा खोपको अभाव : अनुदानको खोप बेइजिङको स्टोरमा !
काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको खोपको अभाव भइरहँदा चीन सरकारले अनुदान सहयोगमा नेपाललाई दिएको कोरोनाविरुद्धको खोप भने उतै थन्किएको छ । चीन सरकारले चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित ८ लाख डोज खोप अनुदान दिने घोषणा गरेपनि नेपालकै खर्चमा खोप ल्याउनुपर्ने भएकाले बेइजिङमै थन्किएको हो । यता, खोप अभाव हुँदा नेपालमा कोरोनाविरुद्धको खोप अभियान नै स्थगित गर्नु परेको छ ।
चीन सरकारले पहिलो पटक ३ लाख डोज खोप अनुदान दिने घोषणा गरेपछि परराष्ट्र मन्त्रालयसँगको संवादपछि चीनले पछि थप ५ लाख डोज खोप दिने घोषणा गरेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी बताउँछन् । तर, चीनले अनुदानमा दिएको खोप आपत्कालीन प्रयोगका लागि खोप ल्याउने भनिए पनि अझै ती खोप बेइजिङको स्टोरमा थन्केर बसेको छ ।
किन भयो ढिलाइ ?
फागुन १६ गते नै चीन सरकारले नेपालका लागि खोप छुट्याइएको भएपनि नेपालले खोप ल्याउनका लागि जहाज पठाउन नसक्दा रोकिएको हो । चीन सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको ८ लाख डोज खोप ल्याउन सम्बन्धित निकायले समयमै तत्परता नदेखाउँदा आपतकालीन प्रयोगका लागि ढिला भएको हो । ढुवानी भाडामै अल्झिएको सरकारले अन्य सामग्रीसँगै खोप ल्याउने भन्दै ढुवानी भाडा सस्तो खोजेर बस्दा ढिलो भएको मन्त्रालय एक अधिकारीले बताए । चीनबाट अनुदानमा दिएको खोप नेपालले आफ्नै खर्चमा ल्याउँदा करिब दुई करोड लाग्छ । त्यसैले विश्व स्वास्थ्य सङ्गठनले चीनबाट स्वास्थ्यसम्बन्धी सामग्री खरिद गर्दा त्यही विमानमा अनुदानको खोप ल्याउने आशा राख्दा ढिला भएको हो ती अधिकारीको भनाइ छ । तर, विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सामग्री ल्याउने जहाजमा बेइजिङमा थन्किएको खोप भित्र्याउने सरकारको योजना पनि रद्द भएको छ ।
चिनियाँ खोप भित्र्याउन भइरहेको ढिलाइबारे प्रश्न गर्दा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा. तिकंरी चीनबाट अनुदानमा प्राप्त खोप ल्याउन सरकारले गृहकार्य भइरहेको बताउँछन् । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार नै पत्र पठाएको उनले सुनाए । नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयको सहयोगमा चाँडै चीनबाट खोप आउने उनको भनाइ छ ।
नेपाल एयरलाइन्समार्फत खोप ल्याउने प्रक्रिया अघि बढेको उनले सुनाए । शुरुमा चीन सरकारले अनुदान सहयोगमा दिन लागेको ८ लाख डोज खोपमध्ये ५ लाख मात्रै पहिलो खेपमा आउने छ । ३ लाख डोज खोप केही दिनमा आउने उनले बताए ।
चीनबाट अनुदानमा खोप प्राप्त गर्नकै लागि फागुन ४ गते औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाविरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति औषधि विभागले अनुमति दिएको हो ।
यस अघि औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले निर्माण गरेको कोभिशिल्ड खोपलाई अनुमति दिएको थियो । भारत सरकारले पनि सिरम इन्स्टिच्युट अफ इन्डियाले निर्माण गरेको कोभिसिल्ड १० लाख डोज खोप अनुदान सहयोगमा नेपाललाई दिइसकेको छ ।
यस्तै शुक्रबार मात्रै भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिन खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म