ब्रिटिस कलेजद्वारा ओरिन्टेसन कार्यक्रम सम्पन्न
काठमाडौँ । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
लाजिम्पाटस्थित र्याडिसन होटलमा सो कार्यक्रम आयोजना भएको हो । बीएस्सी (हन्स) कम्प्युटिङ, बीबीए तथा बीएच एममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । कोभिड– १९ को महामारीको कारण सन् २०२० मा धेरै कठिनाईहरु भोगे पनि कलेजले गुणस्तीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेन । हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरेन्टियसन कार्यक्रमको आयोजना गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको छ । सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई विभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो ।
कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशीले आफ्नो स्वागत मन्तव्य राखेका थिए । उनले कोभिड– १९ को अवस्थाअझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षण गराएका थिए । साथै, उनले यो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा कलेजद्वारा कूनैपनि सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा विभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।
औपचारिक कार्यक्रमको समापन बिबिए प्रोगाम लिडर सौरभ सत्यालले गरेका थिए । कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । एडमिसन तथा मार्केटिङ विभागका प्रमुख अमरदिप मण्डलले हाल बिबिए, बिएचएम र बिएस्सी कप्युटिङको भर्ना कार्यक्रम अझै चलिरहेको जानकारी दिए । उनले भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गएपनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरेन्टियसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरू सबैले मास्केदेखि स्यानिटाइजर सम्मका सबै प्रविधिहरू प्रयोग भएका थिए । त्यसैगरी कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा कांग्रेस नेता विश्वकर्माद्वारा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण
-
उपसभामुख‚ महासचिव लगायतविरूद्ध परेका उजुरीबारे राज्य व्यवस्था समितिमा आज छलफल
-
प्रचण्डको दस्ताबेजमाथि छलफल गर्न प्रत्येक सदस्यलाई तीन मिनेटको समय
-
प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर
-
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै