कलङ्कीमा सडक पेटीमा सुतिरहेका व्यक्तिको ढुङ्गाले हिर्काएर हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा आइतबार ५५ वर्षीय पुरुषको हत्या भएको छ । कलङ्कीस्थित थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुंगाले हिर्काउँदा चौधरी थरका पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको हो ।
हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
अपराध महाशाखा, परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले थापालाई ढुंगेअड्डाबाट पक्राउ गरेको हो । कलंकी क्षेत्रमा मजदुरी गरेर खाइ हिँड्ने चौधरीको टाउकोमा चोट लागेको छ । उनको शव शहीद अस्पताल कलङ्कीमा छ ।
थापाले ढुंगाले हिर्काएर चौधरीको हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् । आइतबार विहान साढे २ बजे सडक पेटीमा सुतिरहेका चौधरीलाई आरोपीले ढुंगाले हिर्काएर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन