मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

आइतबार, ०८ चैत २०७७, ११ : २५
आइतबार, ०८ चैत २०७७

पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ ।  क्युआर भुक्तानीलाई तीब्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

 शनिबार सौराहामा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरे । यो सँगै सौराहाका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरूलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शिता कायम हुने बताए । 

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी  निर्देशक  भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरे ।  कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने बताए ।  कार्ड लगायतका भुक्तानीले वर्षेनी अर्बौं रुपैयाँ विदेशिने गरेको बताउदै  क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताए । 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि बृद्धि हुने बताए । 
कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप