शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्‍बाट स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय विकास सहायता लिन उद्योग मन्त्रालयलाई निर्देशन

आइतबार, ०८ चैत २०७७, ११ : १५
आइतबार, ०८ चैत २०७७

विकास साझेदारबाट अन्र्तराष्ट्रिय सहायता लिँदा मन्त्रिपरिषद्को स्वीकृति लिएर मात्र लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । 
 वैदेशिक सहायता परिचालन प्रक्रियालाई व्यवस्थित बनाउन चैत्र १७ गतेको मन्त्रिपरिषदको बैठकले वैदेशिक सहायताका लागि स्वीकृति लिनुपर्ने निर्णय गरेको हो । सोही अनुसार सहायता लिन खोजेको विकास साझेदारको नाम, सहायता परिचालन हुने क्षेत्र,  सहायताको प्रकार, सहायता भुक्तानी विधि, सहायता राष्ट्रिय प्रणाली भित्र वा बाहिरबाट परिचालन हुने र सहायता परिचालन विधिको जानकारी  सहित मन्त्रिपरिषद्बाट स्वीकृत लिनुपर्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप