शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

होशियार ! नेपालमा हिटलरको उदय भइरहेछ : बाबुराम भट्टराई

आइतबार, ०८ चैत २०७७, ०७ : ३३
आइतबार, ०८ चैत २०७७

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको बताउँदै त्यसबारे सबै सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै उनले सो कुरा बताएका हुन् । पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै ओलीले सबैमाथि खड्ग चलाउन थालेको उनको जिकिर छ ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ –‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ...अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन !’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !!

नेकपा एमालेमा यतिबेला सबै अधिकार अध्यक्ष ओलीमा केन्द्रीत गरिएको छ ।  शनिबारको केन्द्रीय कमिटी बैठकबाट ओलीले केन्द्र र प्रदेशसभाका समानुपातिक सांसदको बन्दसूची एक्लै हेरफेर गर्नेसम्मका अधिकार पाएका छन् । ओली एमालेको नवौं महाधिवेशन यताकै बलियो स्थितिमा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप