बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटको पचालझरना गाउँपालिका ४० जनालाई लोकसेवा पढाउँदै

शनिबार, ०७ चैत २०७७, २२ : ५३
शनिबार, ०७ चैत २०७७

सुर्खेत । कालिकोटको पचालझरना गाउँपालिकाले आफ्ना पालिकाभित्रका ४० जनालाई लोकसेवा पढाउने भएको छ । त्यसका लागि पालिकाले  लोकसेवा तयारी कक्षा पढाउन सुरु गरिसकेको छ ।   शनिबार सुर्खेत वीरेन्द्रनगरमा एक कार्यक्रम गरेर कक्षा सञ्चालनको लागि तयारी भइसकेको जानकारी गराइएको छ । ‘सुनौलो भविष्य बोकेका युवायुवतीसँग अध्यक्ष कार्यक्रम’ अन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरमै  ४० जना युवाहरु/युवतीहरूलाई पालिकाले  लोकसेवा तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए ।  

उनले भने, ‘हालसम्म पनि गाउँपालिकामा कर्मचारीको चरम अभाव भइरहेको छ । जसका कारण विकासले गति लिन सकिरहेको छैन् भने जनताले भने अनुसारको कामहरु गर्न नसक्दा जनताबाट आलोचित हुनुपरेको छ ।’ त्यसैले पनि कर्मचारी समस्या समाधान गर्ने हाम्रो प्रमुख उद्देश्य हो’ उनले भने ।  

उनले जेहेन्दार, विपन्न, गरिव र आर्थिकरूपमा पछाडी परेका विद्यार्थीको लागि यो कार्यक्रमले थप सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । लोकसेवा तयारी कक्षा तीन महिनासम्म चल्नेछ । अहिले पालिका भित्रको शैक्षिक गुणस्तर कायम लागि प्रत्येक वडामा एउटा माध्यमिक विद्यालय सञ्चालन गर्ने योजना लिएको समेत सेजुवालले कार्यक्रममा बताए । 

कार्यक्रममा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती विष्टले गाउँपालिकाले गरेको काम निकै उत्कृष्ट भएको भन्दै प्रशंशा गरिन् । पालिकाले पचालझरना एजुकेसन एकेडेमी प्रालि वीरेन्द्रनगरसँग समन्वय गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप