मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशी सम्मानित

शनिबार, ०७ चैत २०७७, २० : ५५
शनिबार, ०७ चैत २०७७

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो ।

नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्वर्द्धनमा योगदान पुराए वापत संस्कृतिविद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो । उनलाई  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगा प्रसाद उप्रेतीले सम्मान गरे । उनले जोशीले भाषा साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै प्रशंसा गरे । 

त्यसैगरी नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्वर्द्धनमा योगदान पुर्‍याउनेलाई सबैले सम्मान गर्नुपर्ने बताए । संस्थाका सचिव तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले संस्था गठन र गतिविधिका विषयमा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप