शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बराक ओबामाकी श्रीमतीलाई यौन जीवनबारे सोधियो प्रश्न, फर्काइन् तगडा जवाफ

शनिबार, ०७ चैत २०७७, १६ : ५५
शनिबार, ०७ चैत २०७७

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिशेल ओबामा हरेक मुद्दामा मुखर भएर आफ्नो धारणा राख्नका लागि परिचित छिन् । विषय जतिसुकै संवेदशील किन नहोस्, समझदारीले जवाफ दिनु उनको बानी नै हो । उनको यो तरिका धेरै मानिसहरुलाई मन पनि पर्छ । तर थुप्रै जवाफ यस्ता हुन्छन् जसको जवाफ दिनु त के, प्रश्न सुन्दा मात्रै पनि रिस उठ्छ । यस्तै केही मिशेल ओबामासँग पनि भयो ।

मिशेललाई किन रिस उठ्यो ?

मिशेलले हालै अमेरिकन होस्ट जिम्मी किम्मेलको टक शोमा सहभागिता जनाइन्  । त्यहाँ उनी आफ्नो नयाँ शो वेफल्स प्लस मोचीलाई प्रोमोट गर्न पुगेकी थिइन् । लामो समयपछि मिशेललाई त्यो अन्तरवार्तामा आफ्ना नीजि जीवनबारे कुरा गरिरहेको पनि देखियो । उनले हरेक ती प्रश्नको जवाफ दिए जुन सायद लामो समयदेखि मानिसको मनमा थिए । तर विवाद त्यतिबेला निम्तियो जब जिमीले उनको यौन जीवनबारे एक नीजि प्रश्न सोधे । त्यो प्रश्न थियो – मैले तपाईंलाई पहिला पनि यो प्रश्न सोधेको थिएँ, जुन दिन सील टीमले बराक ओबामाको आदेशमा ओसामा बिन लादेनलाई मारेका थिए, त्यस रात के तपाईं र तपाईंका श्रीमानले लभ मेकिङ गर्नुभएको थियो ?’

मिशेलको जवाफः

यो प्रश्नको जवाफ मिशेलले पक्कै पनि दिइन् । यसबारे निकै कडा तरिकाले ओबामाकी श्रीमती मिशेलले भनिन्, ‘म तपाईंका दर्शकलाई यो बताउन चाहन्छु कि थाहा छैन किन तर यति महत्वपूर्ण अभियानको तपाईंलाई यही भाग चाहिँ किन महत्वपूर्ण लाग्छ ?  यस्तो त अरु कसैलाई कहिल्यै लागेन । इतिहाको कुनै पनि अन्तरवार्तामा सायद यति कोही पनि गिरेको छैन जति तपाईंमाथि अहिले भएको छ ।’

मिशेलको यो जवाफ अहिले सोसल मिडियामा चर्चाको विषय बनेको छ । उनको यो जवाफ धेरैलाई मन पनि परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप