प्रियंका चोपडाले भनिन्, ‘मस्जिदमा गीत गाउँथे पिता’, भइन् ट्रोल
बलिउड नायिका प्रियंका चोपडाले ओपरा विन्फ्रेसँगको आफ्नो अन्तरवार्तामा उनका पिता अशोक चोपडाले मस्जिदमा गीत गाउने गरेको बताइन् । प्रियंकाको यो अन्तरवार्ताका झलक सोसल मिडियामा आइसकेका छन् र अब प्रोमो भिडियामा उनले भनेको कुरालाई लिएर उनलाई ट्रोल गरिँदैछ । सोसल मिडियामा प्रियंकाका यस्ता थुप्रै फलोअर्स छन् जसले उनको यो जानकारीमाथि प्रश्न उठाएका छन् ।
प्रियंकाले उक्त अन्तरवार्तामा आफ्नो किताब अनफिनिस्ड, आफ्नो वाल्यकाल र अन्य विभिन्न मुद्दाबारे कुराकानी गरेकी छिन् । अन्तरवार्तामा जब ओपराले प्रियंकाले वाल्यकालमा पाएको आध्यात्मिक जगबारे सोध्दा नायिकाले भनिन्, ‘मलाई लाग्छ कि भारतमा अध्यात्मसँग नजोडिनु निकै मुश्किल छ । तपाईंले ठिक भनिरहनुभएको छ । हामीलाई विभिन्न धर्मले घेरेको छ, यो त्यहाँका मानिसहरुमा सम्मिलित छ ।’
Priyanka: my dad used to sing in the mosque
— Hinal Patel (@Angelhinal) March 20, 2021
Lol Which mosque piryanka ? 😭🤣
exactly! And I've seen people saying 'it's not mosques but a "dargah" where u sing' & I'm like, most people watching this wouldn't understand what a "dargah" is, so Priyanka just said mosque cuz that's like the closest thing in English translation. And "singing" is the closest .. https://t.co/MHiOhIZ7ZY
— VP (@Pri4Lyfe) March 20, 2021
Priyanka Chopra - "My dad used to sing in a mosque. I was aware of Islam" pic.twitter.com/eZho9faIES
— 🖤 (@radium_blue) March 20, 2021
“My dad used to sing in a mosque and that made me well aware about Islam."
— A (@Bhuut_) March 19, 2021
Wait, what? 😭😭https://t.co/Cizp5E7rPp
Did she just say her father “sang in the mosque”???? #PriyankaChopra #OprahWinfrey pic.twitter.com/38tCMgQ1RT
— Farigh Auqat (@farighauqat) March 19, 2021
What mosque was letting priyanka chopra's dad to sing in it 🤔
— Syed Nida Tehseen (@Nida_Tehseen) March 19, 2021
Dear @priyankachopra
— Chayan Sarkar (@chayansarkar87) March 20, 2021
How is singing in a mosque makes one aware of Islam? Do many years in India didn't let you know about muslims around you? By this logic- my dad argues cases in court so I am aware of the law. #PriyankaChopra #Oprah 😂 pic.twitter.com/gDbVG5aZT1
पिता मस्जिदमा गाउँथेः प्रियंका
नायिकाले भनिन्, ‘म एक कन्वेन्ट स्कूलमा पढेँ, जब म स्कूल गएँ त्यहाँ मैले क्रिश्चियानिटी बारे थाहा पाएँ । मेरा पिता एक मस्जिदमा गाउने गर्दथे, मलाई इस्लामबारे थाहा भयो, म हिन्दु परिवारमा हुर्केँ–बढेँ त्यसैले यसबारे पनि मलाई थाहा भयो । त्यसैले यस्तो प्रकारको आध्यात्म भारतको एउटा ठूलो हिस्सा हो जसलाई तपाईं नजरअन्दाज गर्न सक्नुहुन्नँ ।’
सोसल मिडियामा प्रशंसक अब यसका लागि प्रियंकालाई प्रश्न उठाइरहेका छन् ।
यस्तो थियो मानिसहरुको प्रतिक्रियाः
एक प्रयोगकर्ताले रोचक जिफ पोस्ट गर्दै लेखे, ‘के उनले उनका पिता मस्जिदमा गाउँथे भनेर भनेकी हुन् ?’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘वाह, मस्जिदमा गीत गाउने अनुमति हुन्छ ? यो त मलाई थाहा नै थिएन । बहिनी के तिमी आफ्नो संघर्षबारे थप केही भन्न सक्छौ ?’
एक प्रयोगकर्ताले कटाक्ष गर्दै भने, ‘प्रियंकाका पिता मस्जिदमा गीत गाउने गर्दथे । साँच्चै ? मलाई त्यो मस्जिदको नाम बताइदिनुस् प्लिज ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी
-
हरिवंशले गरे पार्श्व गायनमा कमब्याक
-
रविलाई निलम्बन नगर्न रास्वपाका सांसदहरूले गरे सभामुखको ध्यानाकर्षण
-
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
-
आँगनमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेको आरोपमा किशोर पक्राउ