एमाले केन्द्रीय समिति बैठक सुरु, वामदेव पनि अनुपस्थित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । संसदीय दलको बैठक सकिएको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा माधव नेपाल पक्ष सहभागी छैन भने संसदीय दलको बैठकमा सहभागी भएका वामदेव गौतम पनि अनुपस्थित रहेका छन् ।
संसदीय दलको बैठकपछि गौतम आफू उपचारका लागि जाने भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी निस्किएका थिए ।
फागुन २८ मा केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिव पदबाहेक अन्य पद पदाधिकारीको पद खारेज गरेका ओलीले केही जिम्मेवारी समेत हेरफेर गरेका थिए ।
ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर विधान विपरितको निर्णय गरेको भन्दै नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने शुक्रबार नै निर्णय गरेको थियो ।
ओलीले भने केन्द्रीय समिति बैठकमा सहभागी हुन सार्वजनिक रुपमै खनाल–नेपाल समूहलाई आग्रह गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ हजार कानुन व्यवसायी करको दायरामा आएका छन् : सचिव सापकोटा
-
रुकुम पश्चिमकाे सानीभेरी नदीकाे किनारामा एक व्यक्तिको शव फेला
-
कुन राशिका लागि पुस महिनामा कस्तो योग छ ?
-
सरकारको प्रयासका कारण ब्याजदर एकल अंकमा आउन सम्भव भयो : अर्थमन्त्री
-
पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने
-
उच्च अंकले घट्यो नेप्से, परिसूचक २६३१ बिन्दुमा