बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्छुः सर्वेन्द्र खनाल

शनिबार, ०७ चैत २०७७, १४ : ४९
शनिबार, ०७ चैत २०७७

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा  कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । 

जनकल्याण सामाजिक  केन्द्रले आज आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उनले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न सकेमात्र देशको विकास हुने बताए । “यो तेरो पार्टीको यो मेरो पार्टीको भन्नुभन्दा पनि सामूहिक रुपमा काम गरौँ, देशको विकास सम्भव छ”, उनले भने । 

खनालले आफूले प्रहरी सङ्गठनमा लागेर समाज र राष्ट्रको सेवा गरेको उल्लेख गर्दै जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्ने बताए । नेपालको राजनीति क्षेत्रलाई शुद्धिकरणका लागि राजनीति क्षेत्रमा हुने बद्मासीको अन्त्य हुनु जरुरी रहेको उनको भनाइ छ । 

उनले देशमा हुने भ्रष्टाचारको अन्त्य र अपराधलाई निर्मूल पारेमात्र देशको विकास हुने उल्लेख गरे । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले प्रचुर सम्भावना भएको नेपालको विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप