शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन पढाईका बेला १२ वर्षे बालकलाई लाग्यो पोर्न भिडियोको लत, त्यहि हेरेर ६ वर्षीया बालिकालाई गरे दुष्कर्म

शनिबार, ०७ चैत २०७७, ११ : ०९
शनिबार, ०७ चैत २०७७

यो खबर ती लाखौं अभिभावकका लागि ठूलो चिन्ताको विषय हो जसका बच्चा अनलाइन पढाईका लागि मोबाइल फोनको प्रयोग गर्छन् । भारतको रायसिंहनगरमा चार दिन अघि एउटा गाउँमा १२ वर्षका बालकले ६ वर्षीया बालिकालाई बलात्कार गरे । आरोपी बालक पीडितका दाइ पर्ने हुन् । प्रहरीले शुक्रबार ती बालकलाई हिरासतमा लिएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार प्रारम्भिक अनुसन्धानमा बच्चाले मोबाइलमा अश्लील भिडियो हेर्ने गरेको र उनलाई यो लत अनलाइन पढाईका बेला लागेको हो ।

आरोपी कक्षा ६ का विद्यार्थीः

सुरुवाती सोधपुछमा पत्ता लागेअनुसार आरोपी कक्षा ६ का विद्यार्थी हुन् । कोरोनाका कारण उनी विगत एक वर्षदेखि स्कूल गइरहेका थिएनन् र आफ्ना पिताको मोबाइलमा पढ्ने गर्दथे । उनले दिएको बयान अनुसार मोबाइलमा पढ्दै गर्दा अश्लील भिडियो लिङ्क आएको र त्यसमा सुरुमा अनजानवश क्लिक भएको थियो । त्यसपछि नै उनलाई पोर्न भिडियो हेर्न बानी पर्यो ।

बच्चामाथि आमाबुवाले कसरी निगरानी राख्ने ?

एप्समार्फत्ः मोबाइल फोनमा यदि बच्चा पोर्न भिडियो हेर्छन् भने उनीहरुलाई हिस्ट्री डिलिट गर्न पनि आउँछ होला । यस्तो समयमा तपाईंलाई केही विशेष एप्सले मद्दत गर्न सक्छन् । याद गर्नुहोस्, यस्ता एप्सको प्रयोग त्यतिबेलासम्म नगर्नुहोस् जबसम्म तपाईं पूर्ण रुपमा विश्वस्त हुनुहुन्नँ कि तपाईंको बच्चा केही गलत हेरिरहेको छ । .....जस्ता एप्सले तपाईंलाई मद्दत गर्न सक्छ ।

कुकिजमार्फत्ः

क्रोम ब्राउजरमा गएर सेटिङमा जानुहोस् । यसमा स्क्रोल गरेर तल जानुहोस् र साइट सेटिङ अप्सनमा ट्याप गर्नुहोस् । यहाँ गएर कुकिज अप्सन अन गरिदिनुहोस् । त्यसपछि सर्च हिस्ट्री डिलिट हुँदा पनि तपाईंलाई फोनमा कस्ता साइट्स हेरिएका छन् भनेर थाहा हुन्छ । कुकिजले प्रयोगकर्ताद्वारा भिजिट गरिएको साइट्स, एक्टिभिटी र कुनै वेबसाइटमा बिताएको समयको सबै जानकारी सेभ गर्ने गर्दछ । यसो गरेर तपाईंले आफ्ना बच्चाले कस्ता खालका सामग्री हेरे भनेर थाहा पाउन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप