कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित
एजेन्सी । द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म मात्रै झण्डै दुई सय जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय निकायले सोही अवधिमा अरु ४० हजार मानिस विस्थापित पनि भएको विवरण शुक्रबार सार्वजनिक गरेको छ ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले दुःखद घटनाहरू बढ्दै गइरहेको उल्लेख गर्दै घटनामा कुख्यात एलाइड डेमोक्रयाटिक फोर्स (एफडिए) दोषी रहेको दावी गरेको छ । कङ्गोमा सन् १९९५ देखि युगान्डाको इस्लामिक ग्रुप हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै आएको छ । यस बर्ष सन् २०२१ को सुरुदेखि नै हिंसात्मक घटना धेरै भएको देखिएको छ ।
घटनामा परी दर्जनौ घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । तर आधारभूत सेवा सुविधाको भने समस्या रहेको अधिकारीहरूले जनाएका छन् । विशेषगरी बस्ने ठाउँ, खाना, पानी र स्वास्थ्य सेवाको अभाव रहेको उनीहरूको भनाइ छ ।
द्वन्द्वका क्रममा महिला र बालबालिका सबैभन्दा बढी पिडित भएका छन् भने खतरामा पनि उनीहरू नै रहेका छन् । कोरोनाभाइरस र बोलाइको महामारी फैलिने डर पनि उत्तिकै रहेको अनुगमन कर्ता अधिकारकर्मीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल