बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित

शुक्रबार, ०६ चैत २०७७, २२ : २४
शुक्रबार, ०६ चैत २०७७

एजेन्सी । द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म मात्रै झण्डै दुई सय जनाको मृत्यु भएको छ ।  संयुक्त राष्ट्रसंघीय निकायले सोही अवधिमा अरु ४० हजार मानिस विस्थापित पनि भएको विवरण शुक्रबार सार्वजनिक गरेको छ ।  

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले दुःखद घटनाहरू बढ्दै गइरहेको उल्लेख गर्दै घटनामा कुख्यात एलाइड डेमोक्रयाटिक फोर्स (एफडिए) दोषी रहेको दावी गरेको छ ।  कङ्गोमा सन् १९९५ देखि युगान्डाको इस्लामिक ग्रुप हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै  आएको छ । यस बर्ष सन् २०२१ को सुरुदेखि नै हिंसात्मक घटना धेरै भएको देखिएको छ ।

घटनामा परी दर्जनौ घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । तर आधारभूत सेवा सुविधाको भने समस्या रहेको अधिकारीहरूले जनाएका छन् । विशेषगरी बस्ने ठाउँ, खाना, पानी र स्वास्थ्य सेवाको अभाव रहेको उनीहरूको भनाइ छ । 

द्वन्द्वका क्रममा महिला र बालबालिका सबैभन्दा बढी पिडित भएका छन् भने खतरामा पनि उनीहरू नै रहेका छन् ।  कोरोनाभाइरस र बोलाइको महामारी फैलिने डर पनि उत्तिकै रहेको अनुगमन कर्ता अधिकारकर्मीहरूले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप