काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : सह-महामन्त्री महत
नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उहाँले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । “ कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”, उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुपर्छ भने कांग्रेस सरकारमा जाँदैन ।”
आफ्नो हात खुट्टा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन नसकिने बताउँदै यस्तो सरकार अप्ठ्यारोमा पर्न सक्ने सहमहामन्त्री महतको भनाइ थियो ।
सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको भन्दै वैकल्पिक सरकार निर्माण गरौँ भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार रहेको उनले उल्लेख गरे ।
उनले सम्मानजनक अवस्थामा काँग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बेला माओवादी र जसपाले पनि उचित वातावरण बनाउन उत्तिकै जरुरी रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान