शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिको केन्द्रीय समिति बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय

शुक्रबार, ०६ चैत २०७७, २० : १३
शुक्रबार, ०६ चैत २०७७

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । 
सो पक्षको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

सो पक्षले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको पनि जनाएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने जानकारी दिए  ।

‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने निर्णय भएको छ’, उपाध्यक्ष रावलको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप