बौद्ध एरियामा एकैदिन ३ जनाले गरे आत्महत्या

person explore access_timeचैत ६, २०७७ chat_bubble_outline0
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको बौद्ध र कपनमा एकैदिन ३ जनाले आत्महत्या गरेका छन् । शुक्रवार कपन, मूलपानी र अत्तरखेलमा ३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।


मुलपानीस्थित तिवारी टोलमा डेरा गरेर बस्ने २४ वर्षीया दीपा श्रेष्ठ ‘सीता’ले आत्महत्या गरेकी छिन् । ललितपुर घर भएकी दीपा आफु बस्ने घरको छतमा फलामे बारमा झुण्डिएको फेला परेकी छिन् । अत्तरखेल बस्ने ओखलढुंगाका बाबुराम बस्नेत साथीको डेरामा झुण्डिएको अवस्थामा फेला परेका छन् । करिब ३५ वर्षीय बस्नेत दक्षिण ढोका स्थित उत्तरबाहिनीमा रहेको साथीको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका स्थानीय हुन् ।



त्यस्तै बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा २४ वर्षीया विनिता पहरीले झुण्डेर आत्महत्या गरेकी छिन् । काभ्रे घर भएकी पहरी आफ्नो डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । तीनवटै घटनास्थल बौद्द प्रहरीको क्षेत्रमा पर्छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।