पोखरामा घरमा पार्किङ गरि राखेको निजी कार चोरी
शुक्रबार, ०६ चैत २०७७, १७ : ३७

पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो ।
पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ । बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको र विहान उठेर हेर्दा गाडी चोरी भएको पन्तले बताए । उनका अनुसार गाडीको चारवटै ढोका लक थियो । चावी उनीसँगै रहेको छ ।
कार हराएलगत्तै पन्तले प्रहरीकहाँ खबर गरिसकेको बताए । उनले मासबारमा किराना पसल सञ्चालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश