बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठक चैत १० गते सम्मका लागि स्थगित

शुक्रबार, ०६ चैत २०७७, १५ : ४८
शुक्रबार, ०६ चैत २०७७

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा विभिन्न राजनीतिक दलका दोश्रो तहका नेताहरुले सम्बोधन गरेका छन् । बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरे । 
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणबाट अनुपस्थित भएका सांसदको सूचना प्रस्तुत गरेका थिए । यस्तै प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन पेश गरे । यस्तै काँग्रेसका नेता एवम् पूर्व सांसद अशोक कोइरालाको ७१ वर्षको उमेरमा भएको निधनप्रति शोकप्रस्ताव पारित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप