बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नाचघरमा आइतबारदेखि बुद्ध थिएटर फेस्टिभल

शुक्रबार, ०६ चैत २०७७, १३ : ४८
शुक्रबार, ०६ चैत २०७७

काठमाडौँ । भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्व माझ चिनाउन तथा उनले प्रदान गरेका ज्ञानका विभिन्न आयाममाथि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा नयाँ बहस सृजना गर्ने उद्देश्यका साथ बुद्ध थिएटर फेस्टिभल आयोजना हुने भएको छ । 

डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर यो थिएटर फेस्टिभल गर्न लागेको हो । ८ चैत्रदेखि सुरु हुने फेस्टिभल १४ गतेसम्म चल्नेछ ।  फेस्टिभलमा भारत र हङकङका एक–एक नाटक रहेका छन् भने बाँकी ५ नाटक नेपालकै रहनेछन् । डबली थिएटरका निर्देशक पुष्कर गुरुङले राष्ट्रिय नाचघरको प्रेक्षालयमा ७ दिन चल्ने फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गरी ७ वटा नाटकको मञ्चन एवम् चर्या नृत्य तथा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए ।

गुरुङका अनुसार ८ गते भारतीय नाटक निर्देशकदानी करमाकर निर्देशित ‘तथागत’सँगै फेस्टिभलको उद्घाटन हुनेछ भने अन्तिम दिन वीरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतिज्ञा समुद्पाद’ मञ्चन हुनेछ ।  फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृह त्याग’, निशा पाख्रिनको निर्देशन रहेको ‘ट्यागमोलहुइजिन’ सुदीपजंग कार्कीको निर्देशन रहेको ‘मालिनी’, म्यानलीको निर्देशन रहेको ‘सिद्धार्थ इनहङकङ’, सुदीप डंगोलको निर्देशन रहेको ‘विम्बको सपना’ मञ्चन हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप