शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिले तयार होला ?

तस्विरमा हेर्नुहोस् विमानस्थलको पछिल्लो अवस्था
शुक्रबार, ०६ चैत २०७७, १० : १२
शुक्रबार, ०६ चैत २०७७

बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको भनिएकै करिब एक वर्ष भइसक्यो । तर अझै निर्माण सम्पन्न हुन सकिरहेको छैन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल  निर्माण कार्य २०७२ साल माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए ।

दुई वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो विमानस्थल सुरुका वर्षमा ठेकेदार कम्पनीको लापरवाहीका कारण अपेक्षित गतिमा अघि बढ्न सकेछ । त्यसपछि कहिले नाकाबन्दी, कहिले भूकम्पका कारण प्रभावित बन्यो भने अहिले कोरोना संक्रमणका कारणले निर्माण सम्पन्न हुन ढिला भएको बताइएको छ ।

विमानस्थलको भौतिक संरचनासम्बन्धी काम लगभग पूरा भए पनि प्राविधिक तथा ‘फिनिसिङ’ सम्बन्धी काम अझै बाँकी छन् । चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको विमानस्थल कहिले सञ्चालनमा आउँछ भन्ने अझै प्रस्ट हुन नसकेको छैन ।

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले रातोपाटीसँग भने, ‘ठ्याक्कै मिति नभनौं तर काम तीव्र रुपमा भईरहेको छ, छिटै सकिन्छ ।’ 

उनका अनुसार प्राविधिक काममात्र बाँकी छ । प्राविधिक कामको लागि विदेशबाटै प्राविधिक जनशक्ति आउनुपर्ने हुन्छ । त्यसमा पनि जुन कम्पनीको समान हो, त्यही कम्पनीका प्राविधिक टोली जडान गर्न आउनुपर्ने भएकाले अबको काम कहिलेसम्ममा सम्पन्न हुन्छ भन्नेमा उनीहरुमै निर्भर रहने अधिकारीको भनाइ छ ।

हाल अमेरिकाका ३ जना, अष्ट्रेलियाका एक जना, भारतका १४ जना, चीनका १६ जना प्राविधिकले विमानस्थल निर्माणका विभिन्न काम गरिरहेका छन् ।

आयोजना प्रमुख अधिकारीका अनुसार अहिले विमानस्थलको सौन्दर्यीकरणका लागि साजसजावट तथा रङरोगनको कार्य  भइरहेको छ । विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ । व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको काम भइरहेको उनले बताए । यस्तै, कार्गो भवनको निमार्ण कार्य पनि जारी छ ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग भएको यो विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप