शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

शुक्रबार, ०६ चैत २०७७, ०९ : ४४
शुक्रबार, ०६ चैत २०७७

साहित्य सन्ध्या नेपालले हिंजो २०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा बिगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई फाल्गुण १५ गते हुने समारोहमा १५,००० नगद सहित प्रशंशा पत्र प्रदान गरिनेछ ।

संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा.डा. जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा उक्त पुरस्कार अर्पण गरिनेछ ।

डा. रवीन्द्र समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप