आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म

शुक्रबार, ०६ चैत २०७७, ०६ : १३
शुक्रबार, ०६ चैत २०७७

सत्ताको बागडोर सम्हालेको एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ । पार्टीमा केपी ओली समूहले आफूहरुलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो ।

नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नसच्चिए उनको भण्डाफोर गर्न समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीले पार्टीभित्र फरक मत राख्नेलाई ओली पक्षले पेलेर जाने रवैया कायमै राखे त्यसविरुद्ध संघर्ष जारी राख्ने र नसच्चिए समानान्तर कमिटीको अभ्यासमा जान सुझाव दिएका छन् । सहभागीलाई १० समूहमा विभाजन गरेर छलफल गराइएको थियो । १७ बुँदे प्रस्ताव पारित गर्दै दुई दिने भेला बिहीबार सकिएको छ ।

माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउनुअघि देशभर पार्टी कमिटी ब्युँताउने भएको छ । देशभरका चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभर पार्टी कमिटीहरु ब्युँताउने प्रस्ताव पारित गरेको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप