शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एलिना र भीम बिसीको ‘ऐना हेरी हेरी’ सार्वजनिक

बिहीबार, ०५ चैत २०७७, १८ : १६
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीको शब्द रहेको गीतमा बिसीले संगीत भरेका छन् ।  गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा एलिना र बिसी आफैले अभिनय गरेका छन् ।

प्रविन भट्टको निर्देशन तथा सम्पादन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन, सरोज बुढाथोकीको शृङ्गार र कुसुम श्रेष्ठको पहिरन छ । छुट्टिएर टाढा बस्न वाध्य प्रेमिल जोडीको मार्मिक कथालाई गीत उतारिएको छ । माया, प्रेम र प्रेमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुशी र सुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप