आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा यामाहा बाइकको वृहत ‘एक्सचेन्ज मेला’

आकर्षक नगद छुटसहित शून्य प्रतिशतमा फाइन्यान्सिङ्ग सुविधा
बिहीबार, ०५ चैत २०७७, १८ : ११
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । यामाहा मोटरसाइकलका लागि एमएडब्लूले राजधानीको भृकुटीमण्डपमा बृहत्त मोटरसाइकल एक्सचेन्ज मेला आयोजना गरेको छ । बिहिबारबाट शुरु भएको मेलामा ग्राहकहरुले आफुसँग भएका जुनकुनै मोडलका पुरा मोटरसाइकलसँग नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने र त्यसमा कम्पनीले आकर्ष बोन प्रदान गर्ने यामाहाले जनाएको छ । 

पुराना मोटरसाइकल एक्सचेन्जमा कम्पनीले भ्यालू एडिसनमा थप १५ हजार नगद छुट दिने जनाएको छ । अर्थात् जुनकुनै पुराना मोटरसाइकलको मूल्यमा थप १५ हजार थपेर एक्सचेन्ज अफर दिने कम्पनीले जनाएको छ ।  त्यस्तै, नयाँ मोटरसाइकल किन्न चाहनेलाई ग्राहकलाई कम्पनीले नगद १० हजार छुटको सुविधा दिएको छ भने, यसको अतिरिक्त मोटरसाइकलमा शून्य प्रतिशतमा फाइन्यान्सिङ्ग सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ । 

थप मोटरसाइकल खरिदमा अतिरिक्त सेवा सुविधामा ग्राहकलाई एक पर्षसम्म निःशुल्क स्पेयर पार्टस्हरु, सर्भिसिङ्ग, रोड ट्याक्स लगायतका सेवा सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।  चैत ५ गतेबाट शुरु भएको मेला आगामी ११ गतेसम्म चल्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप