कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड, ९४ हजार सात सय ३३ आवेदकले पाए, ६१ आवेदन रद्द
काठमाडौं । कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड भएको छ । आवेदन दिएकामध्ये ९४ हजार ७ सय ३३ आवेदनकले सो इकाइ हात पारेका छन् भने ६१ जनाको आवेदन रद्द भएको छ । १०० देखि २० लाख इकाइ सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई पाएका छन् ।
२५ लाख देखि ५० लाख सम्म माग गरि आवेदन दिने जम्मा ७ जना आवेदकलाई प्रति आवेदक २४ लाख ६ हजार ६ सय ७० इकाईका दरले बाँडफाँड गरिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी इक्वीटी फण्डको बिक्रि प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको हो । प्रति इकाई १० रुपैयाँका दरको ८ करोड इकाईको लागि फागुन १४ देखि २८ गतेसम्म आवेदन खुला गरिएको थियो ।
१५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा विभिन्न संघ-संस्थालाई बाँडफाँड गरिएको हो ।
सर्वसाधारणबाट ९४ हजार ६ सय ६१ जना आबेदकहरुबाट ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्थालाई ५ करोड ३९ लाख २२ हजार ३ सय इकाइ बाँडफाँड गरिएको हो ।