कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड, ९४ हजार सात सय ३३ आवेदकले पाए, ६१ आवेदन रद्द
काठमाडौं । कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड भएको छ । आवेदन दिएकामध्ये ९४ हजार ७ सय ३३ आवेदनकले सो इकाइ हात पारेका छन् भने ६१ जनाको आवेदन रद्द भएको छ । १०० देखि २० लाख इकाइ सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई पाएका छन् ।
२५ लाख देखि ५० लाख सम्म माग गरि आवेदन दिने जम्मा ७ जना आवेदकलाई प्रति आवेदक २४ लाख ६ हजार ६ सय ७० इकाईका दरले बाँडफाँड गरिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी इक्वीटी फण्डको बिक्रि प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको हो । प्रति इकाई १० रुपैयाँका दरको ८ करोड इकाईको लागि फागुन १४ देखि २८ गतेसम्म आवेदन खुला गरिएको थियो ।
१५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा विभिन्न संघ-संस्थालाई बाँडफाँड गरिएको हो ।
सर्वसाधारणबाट ९४ हजार ६ सय ६१ जना आबेदकहरुबाट ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्थालाई ५ करोड ३९ लाख २२ हजार ३ सय इकाइ बाँडफाँड गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
-
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण