शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केटीएमले ल्यायो उत्कृष्ट एड्भेन्चर बाईक ‘केटीएम २५० एड्भेन्चर’

बिहीबार, ०५ चैत २०७७, १७ : ५१
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्राण्ड केटीएमले आफ्नो नविन तथा उत्कृष्ट मोटरसाइकल केटीएम २५० एडेभेन्चर बाइक बजारमा ल्याएको छ । प्रिमियम मोटरसाइकलमा त्यसमा पनि थप उत्कृष्ट मानिएको केटीएमले २५० लाई गोल्छा ग्रुप अन्तरगतको हंसराज हुलासचन्द एण्ड कम्पनीले हालैमात्र बजारमा ल्याएको हो । 

बिहिबार एक कार्यक्रमका बीच कम्पनी केटीएम २५० को औपचारिक रुपमा सार्वजनिक गरेको छ ।  आजैमात्र सार्वजनिक गएको उक्त मोडलको बजार मूल्य ७ लाख ४९ हजार ९ सय तोकिएको छ भने देशभरिका सम्पूर्ण केटीएम शोरुमहरुबाट बिक्री वितरण तथा बुकिङ्ग खुला गरिएको कम्पनीले जनाएको छ ।

एडभेन्चरका लागि एक शक्तिशाली २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड इन्जिन उपलब्ध मोटरसाइकलले पावरब्यान्डमार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्ने कम्पनीले बताएको छ ।

२४८ सीसी इन्जिन क्षमताको इलेक्ट्रोनिक फ्यूल इन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा उत्पादन गर्ने छ । भने मोटरसाइकलमा उपलब्ध अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (PSC) ले ६–स्पीड गियरबक्सको माध्यमबाट एड्भेन्चर राइडलाई थप सशक्त र सहज बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ । 

यसको अतिरिक्त मोटरसाइकलको उच्च–गुणस्तरीय बनौट, इन्जिनियरिङ र डाकार ¥याली हेरिटेज अपनाउँछ, जसले केटीएम एड्भेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ ।
नेपालमा व्यापक रुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नको लागि कम्पनी यस प्रकारको एड्भेन्चर मोटरसाइकल बजारमा ल्याएको बताएको छ । यस अघिको कम्पनीले केटीएम ३९० एड्भेन्चर बजारमा ल्याएको थियो ।

एड्भेन्चर विशेषताः
उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटीएम २५० एड्भेन्चर डब्लूपी एपेक्स सेटको स्पेन्शन प्रयोग गरिएको छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएमको ट्राभल रेन्ज राखिएको छ भने डब्लूपी एपेक्स अपसाइड–डाउन ४३ एमएम, अगाडिको फोर्कमा १७७ एमएम ट्राभल रेन्ज रहेको छ । यसमा हेभ्भी–ड्यूटी काष्ट व्हीलहरु १९ र १७ इन्चका रहेका छन् भने ट्राभल–स्पेसिफिक ट्यूबलेस टायर्स छ र यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पीङ प्रदान गर्छ ।

ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक बाइब्री ब्रेक्समा ४–पिस्टन ¥याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएमको रियर ब्रेक डिस्क र लार्ज ३२० एमएमको फ्रन्ट ब्रेक डिस्क रहेको छ । बोशको अत्याधुनिक एबीएस प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साँगुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ । १४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने बीएस ६ इमिशन इञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु राइडका लागि आनन्द दिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप