आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार दुईजना पक्राउ

बिहीबार, ०५ चैत २०७७, १७ : १८
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार दुईजना अभियुक्तलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ घर भएका लाक्पा लामा छन् । 

उच्च अदालत पाटनले ०७७ माघ ९ मा महेन्द्र नारायण श्रेष्ठलाई बीस लाख जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो । 

०७७ माघमा उच्च अदालतले लाक्पा लामालाई १० लाख ४५ हजार जरिवाना र ४ दिन जेल सजाय हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागी उनिहरुलाई अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप