माणिक सरको अन्तिम बिदाइ, तस्विरमा हेर्नुहोस्
नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो. माणिकलाल श्रेष्ठको बिहीबार अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अघि उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, सांसद्, मेयरलगायत पुगेका थिए ।
गत चैत ३ गते श्रेष्ठको उपचारको क्रममा निधन भएको थियो । उनको स्वास्थ्य स्थिति गम्भीर भएपछि माघको पहिलो हप्ता उनलाई अस्पताल भर्ना गरिएको थियो । केही दिनअघि मात्रै उनलाई मेडिसिटीबाट बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठानमा स्थानान्तरण गरिएको थियो ।
श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित हुनभएपछि उनलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । अलि बिसेक भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उनलाई नियमित रुपमा डायलाइसिस समेत गरिँदै आइएको थियो ।
पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् । कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयवस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे। आम मानिसहरु बीच उनी माणिक सरको नामले चर्चित र आदरणीय व्यक्तित्व थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ