शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माणिक सरको अन्तिम बिदाइ, तस्विरमा हेर्नुहोस्

बिहीबार, ०५ चैत २०७७, १५ : ४८
बिहीबार, ०५ चैत २०७७


नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो. माणिकलाल श्रेष्ठको बिहीबार अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अघि उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, सांसद्, मेयरलगायत पुगेका थिए ।
 
गत चैत ३ गते श्रेष्ठको उपचारको क्रममा निधन भएको थियो । उनको स्वास्थ्य स्थिति गम्भीर भएपछि माघको पहिलो हप्ता उनलाई अस्पताल भर्ना गरिएको थियो । केही दिनअघि मात्रै उनलाई मेडिसिटीबाट बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठानमा स्थानान्तरण गरिएको थियो ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित हुनभएपछि उनलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । अलि बिसेक भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उनलाई नियमित रुपमा डायलाइसिस समेत गरिँदै आइएको थियो ।

पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् । कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयवस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे। आम मानिसहरु बीच उनी माणिक सरको नामले चर्चित र आदरणीय व्यक्तित्व थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप