मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता सहकार्यमा देउवाको अडान

बिहीबार, ०५ चैत २०७७, १४ : ४६
बिहीबार, ०५ चैत २०७७

प्रतिनिधि सभा पुनस्र्थापना यता मुलुकको राजनीतिले नयाँ मोड लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले बदर गरेर पुस्र्थापना गरेपछि र तत्कालीन नेपका एमाले र माओवादी केन्द्रको एकतालाई अर्को फैसलाबाट बदर गरेपछि सत्ता समीकरणमा फेरबदर हुने देखिएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेलगत्तै ओली अल्पमतमा पर्नेछन् । पछिल्लो तीन वर्षसम्म ओलीले एकपछि अर्को गल्ती दोहो¥याउँदै जनता केन्द्रित नभई व्यक्ति केन्द्रित शासन चलाएपछि जनताले घुमिफिरी मुलुकको राजनीतिको बागडोर समाल्ने दायित्व काँग्रेस सभापति शेरबहादुर देउवाका काँधमा पु¥याएका छन् ।

खासगरी पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमले काँग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्नुपर्ने आम धारणा काँग्रेसभित्र र बाहिर बनेको छ । सिङ्गो नेपाली जनताले व्यग्रता र उत्सुकतापूर्वक एउटा परिपक्व लोकतन्त्रवादी नेता देउवाले मुलुक हाँक्नुपर्ने माग गरिरहेका छन् ।

मुलुकमा उत्पन्न बेथिति र भद्रगोलको अवस्थाबाट पार दिलाउन राष्ट्रिय सहमतिका लागि देउवासामु अहम् जिम्मेवारी आएको छ । अर्थात राजनीतिको चक्र यतिबेला देउवाकै वरिपरि फन्को मारिरहेको छ ।

झण्डै दुई तिहाइको सरकार चलाउन असक्षम बन्दै केपी ओलीले संसद् विघटनजस्तो आत्मघाती मार्ग अबलम्बन गरे । सर्वोच्चको फैसलाले मुलुकलाई अस्थिरताबाट जोगाउन केही हदसम्म सहज भयो ।

संसद् पुनस्र्थापना लगत्तै माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अस्थिर राजनीतिलाई निकास दिलाउन देउवालाई नै प्रधानमन्त्रीको जिम्मेवारी समाल्न प्रस्ताव गरेका थिए । तर देउवाले नेकपा दल विभाजनको टुङ्गो नलागेसम्म यस विषयमा आफू अघि नबढ्ने स्पष्ट अडान राखेर राजनीतिक परिपक्वता प्रदर्शन गरे । हुन पनि नेकपा दलको टुङ्गो नलाग्दासम्म काँग्रेस बहुमतसहित सरकारमा जानका लागि संवैधानिक र कानुनी अड्चन थियो ।

देउवाको पछिल्लो अडानले सरकारमा जान ताहुरमाहुर र मरिहत्ते गर्ने प्रवृत्तिका विरुद्ध राजनीतिको लामो अनुभवले खारिएको परिपक्वपन झल्किएको छ । नेकपाको नाम विवादमा भएको सर्वोच्चको पछिल्लो फैसलापछि भने काँग्रेसलाई सरकारको नेतृत्व लिन मार्गप्रशस्त भएको छ । काँग्रेस, माओवादी केन्द्र र मधेसवादी दल मिलेर सरकार बनाउने बाटो सुस्पष्ट भएको छ । एमालेबिनै पनि सरकार चलाउन बहुमत पुग्ने वातावरण बनेको छ । जुन सर्वोच्चको पछिल्लो फैसलापछि विकसित राजनीतिक घटनाक्रमको उपज थियो । तर अझै पनि जनता समाजवादी पार्टीको ढुलमुले नीतिका कारण ओलीको बाहिर्गमन अझै निष्कर्षमा पुग्न सकेको छैन ।

यसरी राष्ट्रिय राजनीतिमा देउवाको भूमिका स्वतफुर्त बढेको सच्चाइलाई अब कसैले नकार्न सक्दैन ।

देउवाले देखाएको परिपक्वताले तितरवितर धारणा राखेका सबै नेताहरु अहिले घिस्रिएर देउवाको बाटोमा आएका छन् । काँग्रेसकै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, गगन थापा लगायतका नेताहरु अहिले देउवालाई जसरी पनि प्रधानमन्त्री बनाउनुपर्छ भनेर भाषण गर्न थालेका छन् । देउवाले जे गरे पनि त्यसको विरोधै गर्नुपर्छ भन्ने मनासयबाट ग्रसित ती नेताहरु पछिल्लो समय देउवाको स्पष्ट अडान, राजनीतिक सुझबुझ र परिपक्वताका कारण देउवाकै बाटोमा आउन बाध्य भएका हुन् ।

संसद् पुनस्र्थापना हुनुअघि पुष्पकमल दाहाल अनि माधवकुमार नेपालले देखाएको लोभमा परेर केही नेता अहिले फेरि देउवाले सरकार नेतृत्व गर्नुपर्छ भनेर यूटर्न भएका छन् । तिनै नेताले काँग्रेसलाई सत्तामा जान जनादेश नै छैन, प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्छ भन्दै दिए । कहिले संसद् पुनस्र्थापनापछि पनि पाँचै वर्ष प्रतिपक्षमा बस्नुपर्छ भन्ने, कहिले केपी ओली बाहेकका शक्तिसँग मात्रै मिलेर सत्तामा जानुपर्छ भन्ने द्वैध चरित्रले अग्रगामी मार्गमा हडल गर्नेबाहेक केही उपलब्धि हात लाग्दैन ।

यो परिपक्व राजनीति होइन, जिम्मेवार नेताले अल्लारे कुरा गर्न पनि मिल्दैन । पछिल्लो समय फेरि माधव–प्रचण्डबाहेक कसैसँग सहकार्य गर्न हुँदैन भन्ने मधुर आवाज पनि सुनिँदैछ । राजनीति भनेको आखिर शक्ति र सत्ताकै खेल हो । मुलुकको राष्ट्रिय आवश्यकताले सत्ताको निर्धारण गर्ने विषय हो । सत्य के हो भने शेरबहादुर देउवा पछिल्ला दिनमा कम्युनिस्टहरूको बुई चढ्न नचाहेकै हुन् । कम्युनिस्टको खलनायक बन्न नचाहेकै कारण पार्टीभित्रैबाट आलोचनाको शिकार हुनुपर्ने ? यो कस्तो प्रवृत्ति हामीले विकास गर्दैछौँ ? यो विकल्कुल न्यायोचित होइन ।

अहिले काँग्रेसका लागि धैर्यता, संयमता र चलाखीको आवश्यकता छ । एकअर्काको बदख्याइँमा समय फाल्ने बेला यो हुँदै होइन । आफ्नै नेतृत्वलाई साहसिक निर्णयका लागि आन्तरिक शक्ति प्रदान गर्ने बेला हो यो । बाहिर आम जनसमुदायले काँग्रेस सभापति देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा गरिरहेको छ । आगामी भदौमा तोकिएको काँग्रेसको महाधिवेशन सफलताकासाथ सम्पन्न गर्नुपर्ने दायित्व एकातर्फ छ भने सरकारको नेतृत्व लिएर राष्ट्रिय राजनीतिलाई सही गोरेटोमा डोहो¥याउने अहम् जिम्मेवारी देउवाको काँधमा आइपरेको छ । तत्कालका लागि धेरै विकल्प काँग्रेससामु छैनन् ।

अहिले देउवालाई सरकारको नेतृत्व गर्न हारगुहार गरेका काँग्रसकै नेताहरुको देखेर बल्ल काँग्रेसी नेता तथा कार्यकर्ताहरुले वास्तविक समय सापेक्ष राजनीतिज्ञ को रहेछ भन्ने बुझेका छन् । समसामयिक राजनीतिज्ञहरुमा अब देउवा एक्ला नेता बनेका छन् । उनको उचाइ पछिल्ला अडानहरुले नेपालको राजनीतिक इतिहासमै उच्च स्थानमा पु¥याएको छ । यसले अब फेरि देउवा पार्टी सभापति निर्वाचित भएर मुलुक हाँक्ने जिम्मेवारीमा पुग्नुपर्ने अनुमोदन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश पौडेल
सुरेश पौडेल
लेखकबाट थप