केन्द्रीय संस्करण

चैत्र १४ मा ‘मोडल हन्ट नेपाल’ छानिने

person explore access_timeचैत ५, २०७७ chat_bubble_outline0

काठमाडौंँ । प्रस्तुतिकरण, सहभागिता र चर्चा लगायत विभिन्न दृष्टिकोणबाट नेपालको नम्बर वान बन्न सफल लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’ को विजेता यहि १४ चैत्रमा छानिने भएको छ । काठमाडौंको सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा भव्य समारोहबीच आयोजना हुने प्रतियोगिताका विजेताले उपाधिका साथमा बिभिन्न अवसर र उपहार एकसाथ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ३५ युवा  र ३३ युवतीहरू भिड्दै छन् । मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवम् अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा बिभिन्न प्रशिक्षणसहित उनीहरुले अहिले आफुलाई निखार्दै रहेका छन् । प्रशिक्षणका क्रममा उनीहरुले र्याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतीकरणका तरिका लगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको आफुमा विकास गरिरहेको कोरियोग्राफर रोजिन शाक्यले बताए । शाक्य प्रतियोगिताका मुख्य प्रशिक्षक हुन् ।

प्रशिक्षणको क्रममा उनीहरुले फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, सञ्चार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटो सुट लगायत बिषयमा पनि ज्ञान हासिल गरेका छन् । यी विषयमा माल्भिका सुब्बा, थेन्डुप शेर्पा, सुवर्ण खड्का, सुजन श्रेष्ठ, लुजा मेकअप स्टुडियोले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । प्रशिक्षणले समग्रमा सहभागीहरू व्यक्तिबाट व्यवसायिक व्यक्तित्व बन्ने आयोजकको विश्वास रहेको छ । 

रक्तदान, विपन्न तथा अनाथ बालबालिकाको सहयोगार्थ कार्य लगायत विभिन्न सामाजिक काममा समेत प्रतियोगी भएका थिए । रवि धमला र रत्ना पाण्डेको निर्देशनमा सञ्चालनमा हुने मोडल हन्ट नेपाल सिजन ६ ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरुप सञ्चालन हुनेछ । नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगिताका सहभागी ग्राण्ड फिनालेमा आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी फेसन डिजाइनसहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको सुन्दर र विशिष्ट पहिरनमा र्याम्प नाप्नेछन् ।

प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्‍ताहमा सहभागिताको अवसरका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्ड, गोवामा मे महिनामा आयोजना गोवा फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजक संस्थाका रवि धमलाले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.