‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ प्रधानमन्त्री ओलीको गीत प्रतिस्पर्धामा

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको छ । आयोजक पीम नेपालले हालै एक कार्यक्रमका बीच सार्वजनिक अवार्डको ५३ विधाको नोमिनिज सूचीमा ओलीको गीत राष्ट्रिय भावको गीततर्फ उत्कृष्ट पाँचभित्र पर्न सफल भएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो गीत उत्कृष्ट पाँचभित्र परेको प्रमाणपत्र समेत बुझेका छन् । चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आयोजकको तर्फबाट सो प्रमाणपत्र हस्तान्तर गरेका छन् ।
आयोजकले अन्य उत्कृष्ट पाँचभित्र पर्न सफल कलाकर्मीलाई उत्कृष्ट प्रमाणपत्र राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बितरण गरेको थियो । उत्कृष्ट पाँच मध्येबाट एक गीतलाई केही समयपछि आयोजना हुने अवार्ड समारोहमा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिनेछ ।
प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राईको र शान्तिराम राई संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ
-
अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल
-
कञ्चनपुरको सभागृह प्रयोग विहीन
-
तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
१६ वर्षमा बिहे भएको स्वीकार गर्दै मिस पबीले भनिन्, ‘एउटा ठुलो दुर्घटना थियो, कट्यो’