सरकारबारे निर्णय गर्न जसपा कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ चैत ५–जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज ११ बजे बस्न लागेको हो । देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेता लगायतको विषयमा छलफलका लागि सो बैठक बस्न लागेको हो । देशमा सत्ता समीकरणको चर्चा चलिरहेको छ, सो चर्चाको केन्द्रविन्दुमा जसपा नेपाल पनि रहेको छ । सरकार निर्माणका लागि कसलाई सहयोग गर्ने, कसलाई सहयोग नगर्ने विषयमा पनि आजको बैठकले एउटा निष्कर्ष निकाल्ने कार्यकारिणी समिति सदस्य मनिष सुमनले बताए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारलाई सघाउने कि अर्को नयाँ सरकार बनाउन माओवादी केन्द्रलाई सघाउने विषयमा पार्टीभित्र फरक फरक मत रहेको छ । आफूहरुको माग जसले पुरा गर्छ त्यसैलाई सहयोग गर्ने भनि जसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु बताउँदै आएका छन् भने ओलीलाई ‘प्रतिगमनकारी’ भन्दै वर्तमान सरकारलाई कुनै हालतमा सहयोग गर्न नसकिने अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले भनाइ छ । यही विवादलाई निरुपण गर्न कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की