मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

चैत ८ गते  पृथ्वी नजिक आउँदै छ यो क्षुद्र ग्रह

बिहीबार, ०५ चैत २०७७, ०९ : ४६
बिहीबार, ०५ चैत २०७७

पृथ्वीको नजिक एउटा सम्भावित  खतरा आउन गइरहेको छ। झण्डै एक हजार ७ सय मिटर व्यास भएको एउटा क्षुद्र ग्रह (ऐस्टेरायड) आफ्नो यात्रा पथमा पृथ्वीका नजिक भएर गुज्रने छ। हाम्रो सौर्यमण्डलमा  यस्ता लाखौँ क्षुद्र ग्रह  छन्।  यी सबै खगोलीय पिण्ड पनि अन्य ग्रहका भाँति सूर्यको परिक्रमा गर्छन् ।  सूर्यको परिक्रमा गर्ने क्रममा  यी पिण्ड पृथ्वीको नजिक बात गुज्रिँदै आफ्नो यात्रा पथमा अघि बढ्छन्। तर कहिलेकाहीँ​ पृथ्वीको गुरुत्वाकर्षण अथवा आफ्नो गतिले गर्दा यी पृथ्वीमा खस्न पनि सक्छन्। करोडौँ वर्ष पहिला यस्तै एउटा क्षुद्र ग्रह पृथ्वीसँग ठोक्किएर डायनासोर नामक विशाल जीवको अन्त्य भएको थियो।  यसै कारणले गर्दा कुनै पनि क्षुद्र ग्रह पृथ्वी नजिकबाट गुज्रिँदा वैज्ञानिकहरु सतर्क हुने गर्छन् ।

चैत ८  तदनुसार २१ मार्चको बिहान यस्तै एउटा क्षुद्र ग्रह पृथ्वीको नजिक आउन  गइरहेको छ। यसलाई लिएर संसारभरीका ‘स्पेस एजेन्सी’ सजग भएका छन्। यस क्षुद्र ग्रहको पहिचान  २३१९३७ (2001FO32) का रूपमा गरिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो क्षुद्र ग्रह १०२४ मिटर चौडा रहेको छ। र, यो खगोलीय पिण्ड  ३४ दशमलब ४ किमी प्रति घण्टाको गतिले अघि बढी रहेको छ।  यो क्षुद्र ग्रह जति जति पृथ्वीको नजिक आउँदै जान्छ, यसको गतिमा तीव्रता आउनेछ।

यो खगोलीय पिण्ड पृथ्वीबाट १ करोड ९५ लाख  किमी टाढा हुँदा वैज्ञानिक यसको तस्विर खिचेका छन। इटाली स्थित भर्चुअल टेलिस्कोप प्रोजेक्टले यो तस्विर लिने सफलता पाएको हो। १४ मार्चको राति पृथ्वीबाट १ करोड ९५ लाख किमी टाढा यस ऐस्टेराइडको तस्विर लिइएको हो। तस्विर लिँदा  यो १,२४,००० किमी प्रति घण्टाको गतिमा यात्रा गरिरहेको थियो।

नासाले गराएको जानकारी  अनुसार २१ मार्चका दिन यो क्षुद्र ग्रह २००१ FO ३२ पृथ्वी र चन्द्रमाको दूरीको झण्डै ५ गुना बढी दूरी अर्थात झण्डै २० लाख किमी परसम्म आई अगाडि बढ्नेछ। नासाका अनुसार यो पृथ्वीमा खस्ने सम्भावना छैन तर यो निश्चय पनि खतरनाक श्रेणीको क्षुद्रग्रहमा पर्छ। यस क्षुद्र ग्रहको खोज सन २००१  को २३ मार्चका दिन भएको थियो। नासाले यसलाई अपोलो श्रेणीको क्षुद्र ग्रह ग्रुपमा राखेको छ।

तपाईंसँग ठूलो टेलिस्कोप छ भने भने २१ मार्चको दिन बिहान ८ बजेदेखि ८ बजेर ३० मिनेटसम्म यस आगन्तुक पिण्डलाई हेर्न सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप