पातलो कम्मर बनाउन के खाने ?
पछिल्लो समयका युवापुस्ता मोटोपनको शिकारबाट चिन्तित छन् । बच्चादेखि युवा पुस्ता पनि मोटोपनको शिकार भएका छन् । दैनिक खानपान, स्वस्थकर खाना र व्यायाम जस्ता कुराले शरीरलाई फिट राख्छ । तर, यस्ता कुराहरुमा ध्यान दिएन भने मधुमेह, मोटोपन र विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या देखिन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपनले १० अन्य रोगहरुको खतरा निम्त्याउँछ । यसले रगतमा चिनीको मात्रा बढाउँछ । यसले कोलेस्ट्रोल को मात्रा पनि बढाउँछ । यसको कारण धेरैको असमाहिक निधन पनि हुने गर्छ ।
मोटोपन नियन्त्रण गर्नका लागि सही खाना अत्यन्त आवश्यक छ ।
१. मुला
तौल कम गर्नका लागि मुला सबैभन्दा उपयोगी खाना हो । मुलाको सेवनले छिट्टो भोक लाग्ने समस्या हुँदैन । किनकी यसमा फाइबरको मात्रा धेरै हुन्छ । त्यसैले मुलालाई सलादको रुपमा प्रयोग गर्नुस् ।
२. मटर कोसा
तौल कम गर्नका लागि मटरकोसा सबैभन्दा उत्तम उपाय हो । यसको सेवनले कोलेस्ट्रोल को शून्यमा झार्छ । भने यसमा फाइबरको मात्रा अत्यधिक मात्रामा बढी हुने भएकाले यसको सेवन उपयुक्त हुन्छ । मटरकोसा काँचै पनि खान सकिन्छ । यसको सुप, तरकारी र नमकिनको रुपमा पनि खान सकिन्छ ।
३. पालुङ्गो
यो तौल कम गर्न मात्र होइन यसमा भारी मात्रामा पोषक तत्व पाइन्छ । यदि तपाईंको शरीरमा आइरनको कमि भएको छ भने पालुङ्गोको सेवन गर्ने गर्नुपर्छ । यसमा भरपुर मात्रामा फाइबर पनि हुन्छ । यसले फ्याट कम गर्छ । पालुङ्गो सलादको रुपमा र सुप बनाएर पनि खान सकिन्छ ।
४. गाजर
गाजरको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै यसमा भएको क्याराटिन र भिटामिन ए ले तौल कम गर्नुका साथै भोक पनि कम गर्छ ।
५.चुकन्दर
चुकन्दरको सलाद धेरै खाँदा क्यालोरी कम हुनुका साथै शरीर फिट रहन पनि मद्दत गर्छ । यसमा फाइबर, भिटामिन र मिनरल पाइन्छ । यसले पनि मोटोपनबाट छुटकारा दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
-
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला