सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नरभक्षी बाघ चिन्नै गाह्रो !

बिहीबार, ०५ चैत २०७७, ०७ : ०३
बिहीबार, ०५ चैत २०७७

गत असारमा मधुवन नगरपालिका ३ भगरैयामा पाटेबाघले आक्रमण गर्दा १३ वर्षीय विशाल वलीको मृत्यु भयो । चार जनाले भागेर ज्यान जोगाए । 

त्यसयता उक्त जैविक मार्गका विभिन्न स्थानमा बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ । २ जना घाइते छन् । बाघको खोर गोठबाटै एक दर्जनभन्दा बढी गाई, गोरु र बाख्रा खाएको छ । बाघले मानिस र घरपालुवा जनावार खान थालेपछि स्थानीय त्रस्त बनेका छन् । 

मधुवनको खाता जैविक मार्गमा पाँच महिनामा करिब ५० वटा बाघ ओहोरदोहोर गरेको खाता समन्वय समितिको अनुमान छ । 

बाघले गत असार महिनाअघि मानिसलाई आक्रमण गरे पनि यस क्षेत्रमा ज्यान भने लिएको थिएन । नरभक्षी बाघको पहिचान नभए संरक्षण गर्न नसकिने समन्वय समितिका अध्यक्ष बलिराम थारुले बताए । 

बाघले केही महिनायता बढी क्षति किन गरिरहेको छ भन्नेबारे गहन अध्ययन गरी नरभक्षी बाघलाई नियन्त्रणमा लिनुपर्ने खाता जैविक मार्गअन्तर्गत रहेको सम्झना सामुदायिक वनका सचिव सनतकुमार शाहले बताए । वनमा खुट्टामा चोट लागेको बाघ पनि खोच्याउँदै ओहोरदोहोर गर्ने गरेको स्थानीय बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कमल पन्थीले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप